सिरियामा अमेरिका लगायतको आक्रमण, आक्रोशित रुसकाे डरलाग्दो चेतावनी

Loading...

१ बैशाख २०७५ वा‌ंसिटन : सिरियामा अमेरिका, बेलायत र फ्रान्सले हवाई आक्रमण थालेपछि आक्रोशित रुसले यसबारे डरलाग्दो चेतावनी दिएकाे छ । अमेरिकाका लागि रुसी राजदूतले चेतावनी दिएका हुन् । उनले यदि अमेरिकाले यो आक्रमण नरोके अमेरिकी जहाज माथिनै रुसी सैनिकले आक्रमण गर्न सक्ने च्त्तवानी दिएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार सिरियाको राजधानी सहर दमास्कस र यसको वरपरका क्षेत्रहरुमा आक्रमणका आवाजहरू सुनिएका छन्। सैन्य आक्रमणहरु सिरियाली सरकारी कार्यालय र राष्ट्रपतीय कार्यालय वरपरका क्षेत्रहरु लक्षित थियाे।

यता अमेरिका लगायत अन्य देशले आफ्नो देशको आन्तरिक युद्धमा हस्तक्षेप गरी मिसाइल आक्रमण गर्नु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको सिरियाले प्रतिक्रिया दिएको छ।

गत साता सिरियामा भएको विषालु ग्यास आक्रमण रसियाले गरेको भन्दै अमेरिका, बेलायत र फ्रान्सको संयुक्त सैन्य फौजले कारबाही सुरु गरेपछि सिरियाको यस्तो प्रतिक्रिया आएको हो। फौजले दमास्कस, होम्स लगायतका सहरमा आक्रमण गरेका छन्। रसियाको रक्षा मन्त्रालय अनुसार हालसम्म ठूलो क्षति भएको छैन तर केही सिरियाली नागरिकहरु भने घाइते भएका छन्।

उक्त आक्रमणपछि पहिलो प्रतिक्रिया जारी गर्दै सिरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्ने कार्य अमेरिकाको नेतृत्वमा भएको भनेको छ।

रसिया र इरानले सिरियामाथिको आक्रमणमा चुप लागेर बस्न नसक्ने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्स र बेलायतका सेनाका साथमा चलेको अपरेसन निरन्तर रहने बताएका छन्। ट्रम्पले रासानियक हतियारको प्रयोग, प्रसार र उत्पादनका अंकुश नलागेसम्म आक्रमण जारी रहने बताए।

‘सिरियाली जनताका लागि भन्दै यो विद्रोहीविरुद्ध कुनै मानिसले गरेको आक्रमण होइन, यो त सरासर एक राक्षसले गरेको अपराध हो,’ सिरियाली राष्ट्रपति बसर अल–असदलाई इंगित गर्दै राष्ट्रपति ट्रम्पले भने।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




One thought on “सिरियामा अमेरिका लगायतको आक्रमण, आक्रोशित रुसकाे डरलाग्दो चेतावनी

    Comments are closed.

    Loading...