पर्यटक बढाउन होमस्टे सफल

१ वैशाख २०७५ काठमाडौँ : होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि वृद्धि गर्न र पर्यटन व्यवसायमा गुणस्तरीय सेवा प्रदान गर्न थालेपछि सरकारले होमस्टेको प्रवद्र्धनलाई प्राथमिकतामा राख्न थालेको छ ।

आन्तरिक रूपमा एक ठाउँको व्यक्तिलाई अर्काे ठाउँमा घुमघामको बानी बसाल्न र बाह्य पर्यटकलाई विभिन्न संस्कृति, भेषभुषा, स्थानीय खानपानको सुविधा प्रदान गर्दै पटक पटक नेपाल घुम्नका लागि होमस्टेले प्रत्यक्ष/प्रत्यक्षरूपमा अभिप्रेरित गर्न थालेपछि सरकारले यस्तो नीति लिएको हो ।
सन् २०११ मा नेपाल भ्रमण वर्ष मनाउने क्रममा पहिलोपटक नेपालमा होमस्टेको सुरुवात सुरुवात गरिएको हो ।

चितवन, पोखरा तथा काठमाडौँको आसपासका क्षेत्रबाट सुरुवात गरिएको होमस्टे अहिले देशका प्रमुख पर्यटकीय गन्तव्य वरिपरि फैलिएका छन् । कतिपय अध्ययनले होमस्टेका कारणले नेपालमा पर्यटकको धेरै सङ्ख्या वृद्धि भएको र पर्यटकको बसाइ अवधि लम्ब्याउन हो स्टेले महìवपूर्ण भूमिका खेल्ने गरेको दावी पनि गरेका छन् । यद्दपि यो विषयमा खासै अध्ययन भएको छैन । हाल नेपालमा एउटा पर्यटकले औसतमा १३ दिन बस्ने गरेको बताइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्र वरिपरिमा स्थानीय बासिन्दाको जीविकोपार्जन सुधार गर्न र संरक्षणमा थप अभिप्रेरित गर्न वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषले होमस्टेलाई प्रवद्र्धन गरिरहेको छ भने कतिपय स्थानमा पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र स्थानीय निकायले पनि होमस्टेका कार्यक्रम सञ्चालन गरिरहेका छन् । नेपाल पर्यटन बोर्ड

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...