झापामा समातिए चितवनमा ठगी गर्ने दम्पती

Loading...

२९ चैत २०७४ झापा : चितवनमा ठगी गरी फरार एक दम्पती झापामा पक्राउ परेका छन्।

बिर्तामोड– ५ जात्रुबाडी चोकबाट दान बहादुर नेपाल र उनकी श्रमिती ममता नेपाललाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु विभिन्न बहानामा गहनाको नाममा ठगी गर्दे आएको खुलेको छ। जिल्ला प्रशासन कार्यालय चितवनको पत्र अनुसार उनीहरुलाई पक्राउ गरी चितवनमा पठाइएको इप्रका बिर्तामोडले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...