डिपिएल क्रिकेट : महेन्द्रनगरलाई हराउँदै काठमाडौं फाइनलमा, चौराहासँग फाइनल खेल्ने

Loading...

२९ चैत २०७४ धनगढी : धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं गोल्डेन्स विजयी हुँदै आफ्नो फाइनलको यात्रा तय गरेको छ । गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । अब शुक्रबार हुने फाइनल खेलमा गोल्डेन्सले चौराह धनगढीसँग भिड्ने छ ।

महेन्द्नगरकाे खराब प्रदर्शन

दोस्रो क्वालिफायरमा काठमाडौँले टस जितेपछि महेन्द्रनगरले ब्याटिङ गरेको थियो । महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय४२ रन बनायो । सुरुवातमा खराब प्रदर्शन गरेको महेन्द्रनगरले १० रनमा ६ विकेट गुमाएको थियो । उसका ५ खेलाडीले खाता नै नखोली पभेलियन फर्किएका थिए ।

दवाबपूर्ण अवस्थामा ब्याटिङ गरेका महेन्द्रनगरका आरिफ शेख र पुनित मेहेराले ८५ रनको उत्कृष्ट साझेदारी गरे । टोलीलाई ९ विकेट गुमाएर निर्धारित २० ओभरमा एक सय ४२ रन बनाएर मार्गप्रशस्त गरे । बलिङतर्फ महेन्द्रनगरका पुनित मेहराले दुई विकेट लिए भने भुवन कार्की, पुनित विष्ट र रवीन क्षत्रीले एक/एक विकेट लिए ।

९५ रनमा सातौ विकेट खेर फलेको महेन्द्रनगरले आठौं विकेटकालागि पुनित मेहरा र करण केसीले ४६ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा र्पुयाए । पुनित मेहराले ५८ र करण केसीले २१ रन बनाए ।

काठमाडौँले एक सय ४३ रनको विजय लक्ष्य १८ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो । काठमाडौंका लागि अमित श्रेष्ठले १९ बलमा पाँच चौकासहित २६, कप्तान ज्ञानेन्द्र मल्लले २५ तथा भूपेन्द्र थापाले २१ बलमा १५ रन बनाए । त्यस्तै नरेश बुढाऐरले ७ र पुष्प थापाले ९ रन बनाए । काठमाडौंका ओपनर ब्याट्म्यान सुबोध भाटीले विस्फोटक ब्याटिङ गर्दैै १८ बलमा ५२ रन बनाए ।
जवाफमा काठमाडौ गोल्डेन्सले १८ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा र्गयो ।

काठमाडौं र चौराहा फाइनलमा

काठमाडौं गोल्डेन्सले अब शुक्रबार हुने फाइनल खेलमा गोल्डेन्सले चौराह धनगढीसँग भिड्ने छ ।रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा जारी छ । टिम चौराहा धनगढी यसअघि नै काठमाडौलाई एक विकेटले हराउँदै फाइनलमा पुगिसकेको छ । बुधबारको खेल वर्षाले बिथोलेपछि रिजर्भ दिन बिहीबार दोस्रो क्वालिफायर खेलिएको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...