फिफा बरियतामा नेपाल तीन स्थानमाथि उक्लियो

Loading...

२९ चैत २०७४ काठमाडौं : फिफा विश्व वरियतामा नेपाल तीन स्थानमाथि उक्लिएको छ । विश्व फुटबलको नियमानकारी निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल १६२ औं स्थानमा छ । यस अघि भने नेपाल १६५ औ स्थानमा रहेको थियो ।

एसियाली देशमा सबैभन्दा माथि इरान छ । इरान ३६ औं स्थानमा रहँदा अष्ट्रेलिया ४० र जापान ६० औं स्थानमा छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ ।

फिफा विश्व वरियतामा जर्मनी पहिलो र ब्राजिल दोस्रो स्थानमा कायमै छ भने बेल्जियम दुई स्थान माथि उक्लिएको छ । पोर्चुगल चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...