३३ किलो सुन तस्करी प्रकरण : नेपाल एयरलाइन्सका ३ कर्मचारी पक्राउ

Loading...

२९ चैत २०७४ मोरङ : केहि समय अघाडी निकै चर्चामा रहेको त्रिभुवन विमानस्थल मार्फत नेपाल भित्र्याउने क्रममा विमानस्थल बाहिर समातिएको ३३ किलो सुन तथा उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणसँग जोडिएको सुन तस्करी घटनामा सघाउने नेपाल एयरलाइन्सका तीन कर्मचारी पक्राउ परेका छन् । अनुसन्धान समितिले राजन थापासहित तीन जनालाई बुधबार पक्राउ गरेको हो ।

थाई एयरलाइन्सका ८ जना कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन्।

गत फागुन १८ गते तस्करीको ३३ किलो सुन लुकाएको आशंकामा शाक्यको हत्या भएको थियो । हत्यामा संलग्न सुन तस्करहरुलाई महानगरीय अपराध महाशाखाले जोगाएको खुलेपछि गृह मन्त्रालयले सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

यो भन्दा अगाडी मूख्य अरोपी राजनप्रसाद पन्थलाई प्रहरीले नेपाल ल्याउन सफल भएको छ । दुवई प्रहरीसँग समन्वय गरेको नेपाल प्रहरीको ईन्टरपोल महाशाखाले पन्थलाई नेपाल ल्याउन सफल भएको हो।

पन्थले दुवईमा बसेर सुनको कारोबार गर्दै आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को दावी छ। सोमबार दुवई बाट काठमाडौं ल्याइएका पन्थलाई एयरपोर्टबाटै नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो ।

समितिले थप छानबिन गर्दा सो सुन विमानस्थलबाटै तस्करी भएको खुलेको हो । हालसम्म घटनामा संलग्न १९ जना पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले संगठित अपराध मुद्दामा उनीहरुविरुद्ध कारबाही अघि बढाएको छ ।

अनुसन्धानमा लापबाही गरेको आरोपमा महाशाखाका एसएसपी दिवेश लोहनीसहित तीन प्रहरीलाई जिम्मेवारीबाट हटाइसकिएको छ ।

विमानस्थलबाट सो समूहले एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन तस्करी गर्दै आएको थियो । ‘स्टेप स्टेपमा सेटिङ मिलाएर विमानस्थलबाट सुन तस्करी हुँदै आएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘यसमा प्रहरीको पनि भूमिका शंकास्पद छ ।’

सुन तस्करीमा संलग्न समुहलाई निस्क्रिय बनाउन नसक्दा गम्भीर अपराध बढेको छ ।

सीमा नाकाबाट अवैध रुपमा नेपाल भित्र्याएको सुनबारे विवाद बढ्न थालेपछि तस्करीमा सक्रिय समहुले आफ्नै समुहका सदस्यहको हत्यासमेत गर्न थालेका छन् । सनम साक्यको घटना अघि तस्करीमा संलग्न समहु समुहबीचको आन्तरिक द्धन्द्ध सार्वजनिक हुने गरेको थिएन ।

गत असोजमा तस्करीको सुन लुकाएको आशंकमा रसुवाका गगन लामा मारिएका थिए ।

सीआइबीले गत पुस २१ गते बिमानस्थलबाट बाहिरिएको ३३ किलो ५७७.४० ग्राम सुनसहित गोपालबहादुर शाही, दिलबन्धु थापा, सन्तोष काफ्लेलाई पिंगलास्थानबाट पक्राउ गरेको थियो। उनीहरुमाथि थप अनुसन्धान गर्दा हाल पक्राउ परेका १२ जना र फरार २१ जनाको संलग्नता खुलेको हो।

सीआइबीका अनुसार सुन मगाउनेहरुमा चर्चित सुन पसल आरके ज्वलर्सका सञ्चालक राजेन्द्र कुमार शाक्य, मल्लिका बज्राचार्य शाक्य, सालिमार ज्वलर्सका सञ्चालक राम कृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल हुन्।

सालिमारकै अनमोल बज्राचार्य र बैभव लक्ष्मी ज्वलर्सका सञ्चालक प्रमोद श्रेष्ठ समेत सुन माग गर्ने व्यापारी रहेको सीआइबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...