नवलपरासीमा जिप दुर्घटना : एक जनाकाे मृत्यु, ८ को अवस्था गम्भीर

Loading...

२९ चैत २०७४ नवलपरासी : नवलपरासीको बुटिङ्गटार गाउँपालिका वडा नं ५ र ६ को बीचमा पर्ने सिमार्दी भञ्ज्याङ्गमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ, भने ८ जना गम्भीर घाईते भएका छन् ।

बिहीबार बिहान बुलिङ्गटारबाट दलदलेतर्फ आउँदै गरेको ग १ ज ५३३७ नम्बरको जीप दुर्घटना हुँदा तनहुँ जिल्ला रिसिङ गाउँपालिका ५ का ४५ वर्षीय भिमबहादुर मुस्लीमगरको मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको बुलिङ्गटार गाउँपालिका वडा नं. ६ का अध्यक्ष सूर्यबहादुर रानाले जानकारी दिए । उनका अनुसार जिप सडकबाट ७५ मिटर तल खसेको छ । घाईतेहरुलाई उपचारका लागि दलदलेको अस्पतालमा लगिएको छ । जिपमा ११ जना सवार रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...