धादिङको थाक्रेमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

Loading...

२९ चैत २०७४ धादिङ : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नं ८ मा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

धादिङको धुनीबेसी नगरपालिकाबाट महादेवबेसीतर्फ जाँदै गरेको मोटरसाईकल बिहीबार बिहान अनियन्त्रित भई नालामा ठोक्किएको थियो ।

मृत्यु हुनेमा धादिङको धुनीबेसी नगरपालिका–४ जीवनपुरका महेश गजुरेल रहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

मोटरसाईकल ठोक्किएपछि घाईते भएका गजुरेलको उपचारका क्रममा काठमाडौँस्थित ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...