मेलम्ची सुरुङ ब्रेक थ्रुको औपचारिक घोषणा

२९ चैत २०७४ सिन्धुपाल्चोक : उपराष्ट्रपति नन्दबहादुर पुनले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना सुरुङ मार्ग ब्रेक थ्रु भएको औपचारिक घोषणा गरेका छन्।

घोषणाको निम्ती पुन र खानेपानीमन्त्री विना मगर सुरुङ मार्गको सिन्धु अडिट पुगेका थिए।

उपराष्ट्रपति पुनले सुरुङ भित्र रिवन काटेर ब्रेक थ्रुको औपचारिक घोषणा गरे । सो क्रममा उपराष्ट्रपति, मन्त्री सरकारका उच्च अधिकारीले सिन्धुदेखि अम्बाथान सम्मको साढे सात किलोमिटर सुरुङ सवारी यात्राद्वारा छिचोले । ‘महान योजना सफल हुने संघारमा छ’, अम्बाथान अडिट निस्केपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपराष्ट्रपति पुनले भने।

मेलम्चीको पानी काठमाडौँ ल्याउने साढे २७ किलोमिटर लामो अम्बाथान–सुन्दरीजल सुरुङ प्राविधिक रुपमा भने मंगलबार दिउँसो नै ब्रेक थ्रु भएको थियो । राजधानीवासीको खानेपानी समस्या दीर्घकालिन रुपमा हल गर्न मेलम्ची नदीबाट यो सुरुङ हुँदै पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आपूर्ति गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...