पाल्पा: बर्थिङ सेन्टर सञ्चालन भएपछि महिला खुशी

Loading...

२९ चैत्र २०७४ पाल्पा- पूर्वखोला गाउँपालिका–२, जल्पामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिलाहरु खुशी भएका छन्।

यसअघि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुदाँ यहाँका महिलालाई घरमा नै प्रसूति हुन बाध्यता रहेको थियो । घरमा नै परम्परागत रुपमा प्रसूति हुदाँ आमा र शिशुको ज्यान जोखिम बढी हुँदा महिलाहरु चिन्तित बन्दै आएका थिए । यस भेगका महिलाहरुलाई प्रसूति सेवाका लागि जिल्ला सदरमुकाम तानसेन र रुपन्देही जिल्लामा जानुपर्ने बाध्यता रहेका थिए ।

पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग र स्थानीय बासिन्दाको सक्रियतामा बुधबारदेखि बर्थिङ सेन्टर सञ्चालन भएको हो । जिल्ला समन्वय समितिका सदस्य ईश्वरीप्रसाद न्यौपानेले बर्थिङ सेन्टर उद्घाटन गर्दै गाउँगाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि प्रसूतिका लागि महिलाहरु बजार धाउनु नपर्ने बताए।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले महिलाहरुलाई कम खर्चमा सुरक्षित तरिकाले गाउँमै प्रसूति गराउनका लागि गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर स्थापना गरिएको बताए।

पूर्वखोला–२, जल्पाका वडा अध्यक्ष नीरबहादुर सारुले बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यस भेगका महिलाहरु खुशी बनेको बताए। रासस

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...