नक्कली डाक्टर बनेर ठगी गर्ने ३ जना पक्राउ

Loading...

२९ चैत्र २०७४ विराटनगर : नक्कली डाक्टर बनेर स्वास्थ्य शिविर सञ्चालनको नाममा रकम असुल गर्ने ३ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। देवानगञ्ज गाउँपालिका–६ बाट तेह्रथुमको म्याग्लुङ नगरपालीका–१०, केउरिनीका सुदन सुवेदी, जुनिल सुवेदी र सप्तरीको कञ्चनरुप नगरपालिका–५, मगरटोलका प्रख्यात मिश्रलाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुले ‘हामी डाक्टर हौँ’ भन्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने भन्दै प्रतिव्यक्ति ५ सयदेखी १ हजार रुपैयाँसम्म उठाउने गरेका थिए। स्थानीयको सूचनाका आधारमा तीनै जनालाई फक्राउ गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...