नेकपाका कार्यकर्ताले गरे वडा कार्यालयमा लुटपाट, प्रतिनिधिलाई राजीनामा दिन धम्की

Loading...

२९ चैत २०७४ नवलपरासी : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ताले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयबाट विभिन्न सामग्री लुटेका छन् ।

गएराति चन्दका कार्यकर्ताले वडा नम्बर ३ को कार्यालयमा रहेका कम्प्युटर, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र लुटेर लगेका हुन् ।

उनीहरुले नवलपरासी र नवलपुरका स्थानीय तहका प्रमुखहरुलाई राजीनामा दिन उर्दीसमेत जारी गरेका छन् ।

गाउँपालिकाका सामान लिएर जाने समूहको खोजी कार्य भइरहेको पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...