नेपालको तेश्रो राष्ट्रपतिमा विद्यादेवी भण्डारीनै निर्वाचित

prez bidhya
Loading...

२९ फागुन २०७४ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । उनि निर्वाचित भए संगै नेपालले रस्त्रपतिका रुपमा पाएको यो तेश्रो रास्ट्रपति हो ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन ।

तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ मतभार पाइन् भने राईले ११७३० मतभार पाएकी छन् ।

यस अघि दुइ रास्ट्रपतिले आफ्नो नाम नेपाली इतिहासमा नाम लेखाइसकेका छ पहिलो रास्ट्रपतिमा रामबरण यादब र दोश्रो रास्ट्रपतिमा अहिले पुनः निर्वाचित बिद्या देवी भण्डारीनै रहेकी छन् । उनि अहिले निर्वाचित भए संगै नेपालको तेश्रो रास्ट्रपतिका रुपमा रहने छिन ।

निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेशसभाका ५३६ सदस्य मतदाता गरेका छन् ।

संघीय संसदका ५ र प्रदेशसभाका १४ सदस्यले पनि मतदान गरेनन्, जसमध्ये नयाँ शक्ति, नेमकिपा र विवेकशील साझा पार्टीले मतदान नगर्ने निर्णय गरेका थिए ।

संघीय संसदको एक सदस्यको मतभार ७८ छ भने प्रदेशसभा सांसदको मतभार ४८ छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...