विश्वकप छनोट ११ उत्कृष्टमा पारस, अटाएनन सन्दिप

Loading...

२९ फागुन २०७४ काठमाडौं । विश्वकप छनोटको समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्ने ११ क्रिकेटरमा नेपाली कप्तान पारस खड्का पनि परेका छन् ।

आइसिसी एकदिवसीय विश्वकप छनोटका लागि १० देशका १० टिम मध्येबाट उत्कृष्ट ११ जना छनोट गरेको हो ।

आयोजक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले समूह चरणका ११ स्टारको नाम सार्वजनिक गरेको हो । यसमा नेपालका बहुचर्चित बलर सन्दिप लामिछाने भने अटाउन सकेनन ।

आइसिसीले उत्कृष्ट खेलेका ११ खेलाडीको सूची तयार पारेको छ । ११ खेलाडीमा जिम्बावे र हङकङका २–२ खेलाडी छन् । आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेपाल, युएई, अफगानिस्तान र वेस्ट इन्डिजका १–१ खेलाडी सूचीमा समावेश छन् ।

उनले खेल विश्वकप छनोट खेल अवधिभर जिम्बाब्बेविरुद्ध ४०, स्कटल्याण्डविरुद्ध ७५ र अफगानिस्तानविरुद्ध ७५ रन बनाएका थिए । हङकङविरुद्ध भने उनले मात्र ११ रन बनाए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...