यसरी पाउनेछ नेपालले एकदिवसीय राष्ट्रको मान्यता

Loading...

२९ फागुन २०७४ काठमाडौँ : हङकङसंग जित्नै पर्ने त्यो पनि लक्ष्य निश्चित ओभरमा पुरा गर्नुपर्ने खेलमा नेपालले शानदार ५ विकेटको जित त्यो पनि आवस्यक भन्दा कम ओभरमा जित्दै नेपालले बिश्वकप छनौट राष्ट्रको प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को चौथो स्थान पाएको छ।

प्रतियोगितामा उत्कृस्ट ३ एसोसिएट रास्ट्रलाई एकदिवसीय राष्ट्रको मान्यता दिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले घोषणा गरेको हुँदा अब सुपर सिक्स पुग्न असफल रास्ट्रहरु नेपाल, हङकङ र पपुवा न्यु गिनीको लक्ष्य एकदिवसीय रास्ट्रको मान्यता पाउने रहेको छ। नेदरल्याण्डले बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा एकदिवसीय राष्ट्रको मान्यता पाउने घोषणा अघिनै आईसीसीले गरिसकेको छ।

प्रतियोगिताको समुह ‘ए’ बाट युएईले तथा समुह ‘बि’ बाट स्कटल्याण्डले एकदिवसीय मान्यता पाउने निश्चित भएको छ। अब एकदिवसीय मान्यता पाउन एउटा मात्र देशको निर्क्योल हुन बाँकी छ। नेपाल, पपुवा न्यु गिनी र हङकङ मध्ये उत्कृस्ट हुने १ टिमले एकदिवसीय मान्यता पाउनेछ

एउटा एकदिवसीय राष्ट्रको लागि प्रतिस्पर्धा गर्ने देशहरु –  नेपाल, पपुवा न्यु गिनी र हङकङ

नेपालको बाटो ?

१. समुह ‘बि’ को चौथो स्थानमा रहेकोले अब नेपालले प्लेअफमा समुह ‘ए’ को अन्तिम टिम पपुवा न्यु गिनीको मार्च १५ मा सामना गर्नेछ र नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्नुपर्नेछ। पपुवा न्यु गिनीलाई पराजित गरेपछि नेपालले सातौँ स्थानको लागि प्रतिस्पर्धा गर्न पाउनेछ। हङकङ र नेदरल्याण्ड बीच प्ले-अफको अर्को खेल हुनेछ जसमा यदी हङकङ पराजित भए र नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको खण्डमा नेपालले सातौँ स्थानको खेल नखेली एकदिवसीय रास्ट्रको मान्यता पाउनेछ। किनकि सातौं स्थानको लागि नेदरल्याण्डसंगको खेल हुनेछ र नेदरल्याण्डले एकदिवसीय मान्यता पाइसकेकोले नतिजा जे भए पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

२. यदी नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्यो र उता हंगकंगले पनि नेदरल्याण्डलाई पराजित गर्यो भने नेपाल र हङकङ बीच सातौँ स्थानको लागि खेल हुनेछ जुन खेलको बिजेताले एकदिवसीय मान्यता पाउनेछ।

यदी नेपालले पपुवा न्यु गिनीसंगको प्ले-अफ खेल हारेमा नेपालले एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ।

एकदिवसीय मान्यता पाए के हुन्छ ?

१. एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि निकै ठुलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले टिमलाई छुट्याउने बजेट ठुलो हुनेछ ( बार्षिक ७-८ करोड ) जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमणहरु, खेलाडीको भत्ता, सुबिधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।

२. प्रतियोगिताहरु निकै कम खेल्न पाउने नेपालले नियमित रुपमा ठुला प्रतियोगिताहरु बिश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिताहरु खेल्न पाउनेछ। साथै एसिया कप जस्तो ठुलो प्रतियोगितामा समेत नेपालको सहभागिता सहज हुन सक्छ जहाँ भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता टेस्ट रास्ट्रहरु खेल्छन्।

३. यस्तै नेपालले खेलेको खेलले एकदिवसीय मान्यता पाउनेला आईसीसीको वरियतामा नेपाली टिम उभिनेछ।

भ्रम

एकदिवसीय मान्यता पाएमा ठुला देश अस्ट्रेलिया, भारतसंग खेल्नेछ भन्ने कुरा भने हैन। जबसम्म नेपालमा क्रिकेट संघ बलियो हुँदैन तब सम्म ठुला रास्ट्रहरुसंग खेल्न मुस्किलनै छ।

उदाहरणको लागि नेपालले सन् २०१४ को टि-२० बिश्वकप खेलेपछि टि-२० रास्ट्रको मान्यता पाएको थियो तर त्यो अवधिमा नेपालले मात्र ६ वटा टि-२० अन्तर्राष्ट्रिय खेल्यो त्यो पनि हङकङ र नेदरल्याण्डसंग। अफगानिस्तान र आयरल्याण्डले टेस्ट रास्ट्रको गत बर्ष मान्यता पाएपनि हालसम्म एउटा पनि टेस्ट खेलेको छैन। त्यसैले जबसम्म नेपाली क्रिकेट बलियो हुँदैन ठुला रास्ट्रहरुसंगखेल्ने वातावरण बन्न मुस्किलनै हुनेछ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...