सिल्भाको दुई गोलसँगै म्यानचेस्टर सिटीले स्टोकलाई हरायो,दुई खेल जिते उपाधि चुम्ने

Loading...

२०७४ फागुन २९ मगलबार ,म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत गए राती भएको म्यानचेस्टर सिटी र स्टोक बिचको खेलमा म्यानचेस्टर सिटीविरुद्ध खेलेको रेलिगेसन जोनको स्टोक २-० ले पराजित भएको छ । सिटीका लागि निर्णायक गोल दुई गोल डेभिड सिल्भाले गरेका थिए ।

पहिलो हाफको १० औं मिनेटमा पहिलो गोल गरेका सिल्भाले खेलको ५० औं मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई जित दिलाए ।यो जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको उपाधि नजिक पुगेको छ । म्यानचेस्टर सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडमाथि १६ अंकको अग्रता बनाएको छ । म्यानचेस्टर सिटीले अब दुई खेल जिते उपाधि आफ्नो बनाउने छ ।

जितपछि म्यानचेस्टर सिटीले लिगको ३० खेलमा ८१ अंक जोडेको छ ।

पराजित स्टोक २७ अंक जोडेर लिगको पुछारबाट दोस्रो स्थानमा छ । लिगको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ६५ र तेस्रो स्थानको टोटनह्यामको ६१ अंक छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...