सुरक्षा संवेदनशीलतामा चरम लापरबाही

Loading...

२९ फागुन २०७४ काठमाडौँ : बंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडेको यूएस बांगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि देखिएको दृश्यले विमानस्थलको सुरक्षामाथि गम्भीर प्रश्न उठाइदिएको छ ।

चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर छ ।

नेपाल समाचारपत्रका अनुसार सोमबार दिउँसो ढाकाबाट काठमाडौं आएको उक्त विमान दुर्घटना भएपछि स्थानीय जनता विमानस्थलपरिसरको विभिन्न भागबाट दुर्घटना भएको विमानतर्फ प्रवेश गरेका थिए । यसले विमानस्थलको सुरक्षाका बारेमा गम्भीर प्रश्न उठेको छ ।

दुर्घटनापछि विमानस्थलमा रहेको सुरक्षाकर्मी उद्धारमा खटिएको मौका छोपी विमानस्थलका विभिन्न भागबाट छिरेका सर्वसाधारण रमिते बने पनि विमानस्थलजस्तो संवेदनशील क्षेत्रलाई सुरक्षा निकायले नियन्त्रणमा लिन सकेको थिएन। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...