अपडेटः यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुग्यो, २० घाइते

Loading...

२८ फागुन २०७४ काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ५१ पुगेको प्रहरीले पुष्टि गरेको छ । ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो ।

दुर्घटना स्थलमा ५१ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

एसएसपी पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २० जना घाइतेको उपचार भइरहेको छ ।

घाइतेहरुको केएमसी, नर्भिक तथा ओम लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

उक्त विमानमा ३३ जना नेपाली यात्रु रहेको खुलेको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रशासनले दुर्घटनाग्रस्त यूएस बंगलाको विमान कन्ट्रोल रुमको आदेश विपरित ल्याण्ड भएको बताएको छ ।

प्रारम्भीक उद्दार सकिए लगतै पत्रकार सम्मेलन गरेर विमानस्थल प्रमुख राजेन्द्र क्षेत्रीले कन्ट्रोल रुपमा साउथबाट ल्याण्ड गर्न अनुमति दिएको बताए । तर, पाइलटले उत्तरतिर गएर केहीबेर उड्यो र त्यतैबाट ल्याण्ड गर्छु भन्यो ।’

त्यसपछि ल्याण्ड गर्ने क्रममा पज डाउन गरेको र त्यसक्रममा स्किड भएको क्षेत्रीले बताए ।

बंगलादेशबाट काठमाडौंका लागि उडेको युएस बंगला विमान पहिलोपटक नेपाल आएको होइन, यो काठमाडौंका लागि नियमित उडान भर्दै आएको विमान हो । यसमा रहेका चालक दलका सदस्यहरु काठमाडौं विमानस्थलका बारेमा नयाँ नभएर पुरानै अनुभवी हुन् ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...