यूएस बंगलाको विमान दुर्घटनामा अहिले सम्म ४६ जनाको मृत्यु

Loading...

२८ फागुन २०७४ काठमाडौं । यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा ४६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

३१ जनाको उद्दार गरिएकोमा ८ जनाको केएमसीमा मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।

घाइतेहरुको केएमसी, नर्भिक ओम लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

उद्धार कार्य जारी छ । उक्त विमानमा ३३ जना नेपाली यात्रु रहेको खुलेको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...