दुर्घटनाग्रस्त बिमानमा ३३ जना नेपाली रहेको खुलासा, उद्धार गरिएका ३४ मध्ये १७को मृत्यु

Loading...

२८ फागुन २०७४ काठमाडौँ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । ३४ जनाको उद्दार गरिएको मध्ये १७ जनाको मृत्यु भैसकेको छ भने बाकि १७ जनामा ३ को अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनामा चालिस भन्दा बढी यात्रुको मृत्यु भएको अनुमान छ ।

उद्धार कार्य जारी छ । उक्त विमानमा ३३ जना नेपाली यात्रु रहेको खुलेको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

यात्रु लाइ एनएमसी सिनामंगल, नर्भिक अस्पतालमा लागिएको जानकारी हामीलाई प्राप्त भएको छ ।

अहिले घटना स्थलमा प्रधानमन्त्री ओली समेत पुगेका छन् । उद्धार कार्य जारि रहेकोले अहिले सम्म आधिकारिक जानकारी भने प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...