त्रिभुवन विमानस्थल दुर्घटना : ४३ जनाको मृत्यु भएको आशंका २८ को जिवितै उद्धार

Loading...

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

अहिले सम्म विमानमा रहेका २८ जना यात्रुको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...