दुर्घटना पछि त्रिभुवन बिमानस्थलका सबै उडान स्थगित…

Loading...

२७ फागुन २०७४ काठमाडौँ :त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौँका सबै उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो १४.१८ बजे भएको युएस बंगला विमान दुर्घटना भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भए पश्च्यात सबै उडान तथा अवतरण स्थगित गरिएको हो ।

केहि बेर अगाडी अवतरणका क्रममा विमान दुर्घटना भएको थियो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ । अहिले सम्म कति जना हताहत भए भन्ने खुल्न भने सकिरहेको छैन तरपनि स्थिति हेर्दा केहि बाहेक सबै यात्रुको मृत्यु भएको अनुमान गर्न सकिन्छ ।

उद्दार कार्य जारी छ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका १४ जनाको उद्दार गरिएको छ ।

उनीहरुलाई अस्पताल पठाइएको छ ।

बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ ।

तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

७१ जना सवार विमान दुर्घटना भएको हो । उक्त जहाजमा सबै भन्दा धेरै नेपाली नागरिक सवार थिए । ३३ नेपाली ३२ बंगलादेशी,१ माल्दिप्स र १ जना चिनिया नागरिक सहित ४ जना चालक दलका सदश्य थिए ।

‘जहाज ल्याण्ड गर्ने बेलामा विमानस्थलको टावर छेउबाटै आएको बिमान झन्डै झन्डै पार्किङमा रहेको जहाजको अति नजिकबाट टच डाउन गरी कन्ट्रोल गर्न नसकेर पूर्व पट्टीको बार भत्काई खाल्डोमा गएर खस्यो,र आगो लग्यो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...