त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

Loading...

२८ फागुन २०७४ काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले विमानमा आगो लागेको छ ।

उद्दार कार्य जारी छ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ ।

उनीहरुलाई अस्पताल पठाइएको छ ।

बंगलादेशबाट आएको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । उद्दार जारी छ ।

तर, विमानमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...