पत्नीका साथ बाराक ओबामा नेट्फ्लीक्समा आफ्नै कार्यक्रम लिएर आउने

Loading...

२८ काठमाडौं २०७४ : अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा र पत्नी मिशेलले अहिले युट्युब जस्तै अर्को चर्चित साइट नेट्फ्लीक्समा आफ्नै नयाँ कार्यक्रम निर्माण गर्न वार्ता गरिरहेको न्युयोर्क टाइम्सले जानकारी दिएको छ । उक्त साइटमा एक्सक्लुसिभ सामग्रीसहित ओबामा र पत्नी मिशेलले विभिन्न रोचक कथाहरु प्रस्तुत गर्ने योजना सार्वजनिक गरिएको छ ।

यस कार्यक्रमले ओबामा र उनकी पत्नीलाई विश्वव्यापी मञ्च प्रदान गर्ने भएकाले झन् धेरै मानिसहरुमाझ उनीहरुको आवाज पुग्न सक्ने बताइएको छ । नेट्फ्लीक्सले भने बिबिसीसँग यसबारे अहिले थप कुनै जानकारी दिन नमिल्ने बताएको छ । ओबामा पहिलेदेखि नै मानिसहरुलाई प्रेरणा दिने किसिमका कथा भन्नमा प्रख्यात मानिन्छन् । त्यसैले पनि उक्त योजना धेरै प्रभावकारी हुन सक्ने उनका उच्च सल्लाहकार एरिकले बताए ।

न्युकयोर्क टाइम्सले खबरमा जनाएअनुसार ओबामाले उनको कार्यकालभरि केन्द्रबिन्दुमा रहेका स्वास्थ्य ,वातावरण र आप्रवासी जस्ता संवेदनशील विषयमा बहस गर्न सक्नेछन् । तर यस्ता कार्यक्रमले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पको विचारधारामाथि प्रहार गर्ने खतरा पनि उत्तिकै रहको हुँदा कम्पनीले स्वीकार नगर्ने सम्भावना रहेको पनि उल्लेख गरिएको छ ।

यसअघि फिल्म, ड्रामा र अन्य कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको नेटफ्लीक्सको लोकप्रियता अन्तर्राष्ट्रिय समुदायमा झन् बढ्दै गइरहेको पाइएको छ । २०१७ को अन्त्यमा मात्र यसका सस्क्राइबर ११ करोड ८० लाख पुगिसकेको छ । त्यसकारण चर्चामा रहेको यस कम्पनीले ओबामा र उनकी पत्नीलाई कति पारिश्रमिक प्रदान गर्ला भन्नेबारे पनि अहिले धेरै चर्चा भइरहेको अन्तराष्ट्रिय संचार माध्यमले बताएका छन् । ओबामा लामो समयदेखि सामाजिक संजालमार्फत सर्वसाधारणसँग सम्पर्कमा रहने गरेका छन् । उनको ट्वीटरमा मात्र १० करोड फलोअर रहेका छन् । त्यसैले उनी आफैँले नयाँ कार्यक्रम प्रस्तुत गर्दा हिट हुने सम्भावना पनि धेरै रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...