प्युठानमा जिप दुर्घटना, १२ जना घाइते

Loading...

२८ फागुन २०७४ प्युठान : प्युठानको सरुमारानी गाउँपालिका ६ बाघे खोला नजिकै जिप दुर्घटना भएको छ  । हिजो बेलुकी साढे ८ बजे लु १ च ९४९२ नम्बरको बोलेरो जिप दुर्घटना हुंदा १२ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका सबै जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भईरहेको छ । घाइते मध्ये दुई जनाको अवस्था भने गम्भिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...