बारामा हतियारसहित दुईजना भारतीय नागरिक पक्राउ

Loading...

२७ फागुन २०७४ बारा । बाराको पचरौता नगरपालिका ४ बेलदारीमा हतियारसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

नियमित चेकजाँचका क्रममा बेलदारी सशस्त्र प्रहरीले भारत पूर्वीचम्पारण छौडादानवस्थित सुन्दरपुरका अनिल कुमार राय र एकडाढीका चन्दन कुमारलाई पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक विष्णु कुमार जिसीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ९ एमएमको पेस्तोल, म्यागजिन र त्यसमा प्रयोग हुने गोली पनि बरामद गरेको छ । पक्राउ परेकाहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुका बारेमा अहिले अनुसन्धान भइरहेको बाराका प्रहरी उपरीक्षक राजकुमार बैधवारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...