मुक्का प्रहारबाट श्रीमतीको हत्या

Loading...

२७ फागुन २०७४ तेह्रथुम — तेह्रथुमको आठराई गाउँपालिका–४ ईवामा श्रीमान‌‍ले मुक्काले हानेर शनिबार श्रीमतीको हत्या गरेका छन् । बर्दिया बासगडी नगरपालिका–५ असनेरी घर भई मध्यपहाडी लोकमार्ग आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीले ३० वर्षीया श्रीमती चन्द्रकला ओलीको हत्या गरेका हुन् ।

मादक पदार्थ सेवन गरेका श्रीमान्-श्रीमतीबीच विवादपछि ओलीले श्रीमतीको कन्चटमा मुक्का प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी प्रमुख डम्बर पुरीले जानकारी दिए। श्रीमतीको हत्या गर्ने श्रीमान्‌लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...