राशिफल -TODAY’S HOROSCOPE (२०७४ साल फागुन २४ गते बिहिबार)

Loading...

राशिफल – HOROSCOPE
वि.सं. २०७४ साल फागुन २४ गते। बिहीबार। इश्वी सन् २०१८ मार्च ८ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– सप्तमी

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा सामान्य आम्दानी भइरहनेछ। चिताएको काम तत्काल सम्पादन नभए पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अवसर प्राप्त भए पनि महत्त्वाकांक्षाले समस्या निम्त्याउन सक्छ, व्यवहारमा अलि चनाखो रहनुपर्ला। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साहित भइनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। रमाइलो यात्रा हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ।

यो पनि पढ्नुहोस : कुन राशिले कस्तो यौन ब्यवहार देखाउँछन् ?

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। अध्ययनमा पनि कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश आँटेको काममा बाधा हुन सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रतीक्षित नतिजा उत्साहप्रद नहुन सक्छ। तापनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नुहोला।

यो पनि पढ्नुहोस : यी चार राशि भएका मानिसहरुमा हुन्छ यस्तो अचम्मको क्षमता

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

परिस्थितिले समस्याको मोडमा पुर्याउन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल सोचेको फाइदा नहोला। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। पुरानो गतिले लक्ष्यमा पुग्न नसकिएला। अरूको भरपर्दा पनि काममा बाधा हुनेछ। अप्ठ्यारै परिस्थितिमा समेत आफन्तले साथ नदिन सक्छन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

यो पनि पढ्नुहोस : यी राशी हुनेहरु एक अर्कालाई प्रेम कहिले नगर्नुहोस्

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।

यो पनि पढ्नुहोस : विश्वकप क्रिकेट छनोटः बिहीबार स्कटल्याण्डको सामना गर्दै नेपाल

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आम्दानी बिगार्नेहरू सक्रिय रहनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर प्राप्त हुनेछ।

यो पनि पढ्नुहोस : तपाइलाई थाहा छ ? “मानिसको अनुहारमा यौन प्रवृत्ति यसरि हुन्छ प्रतिविम्बित”

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित कामले धेरैको मन जित्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। दिगो योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सानातिना काममै अल्झनुपर्नेछ भने पहिलेका समस्या दोहोरिन सक्छन्।

सम्बन्धित : 

राशिफल -TODAY’S HOROSCOPE (२०७४ साल फागुन २३ गते बुधबार)

यौन सम्बन्धी अहिलेसम्मकै अनौठा ६ अध्ययन यस्ता छन…..!!!

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...