दुनियाकै बलवान मानिस, जसले काँधमा बोक्छन् हेलिकप्टर (भिडियो सहित)

Loading...

मानिसले हेलिकप्टर उडाएको कुरा कुनै समाचारको बिषय नभए पनि जब मानिसले हेलिकप्टरलाई काँधमा बोकिदिन्छ, तब त्यो घटना मूख्य समाचार नै बन्दो रहेछ ।

काँधमै हेलिकप्टर बोक्न सक्ने व्यक्ति फ्रान्ज मुलेनर विश्वका सबैभन्दा बलवान मानिस हुन् । अष्ट्रियाका नागरिक फ्रान्जले आफ्नो काँधले हेलिकप्टर बोकेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।

उनको यो कीर्तिमानलाई चुनौती दिने हिम्मत अहिलेसम्म कसैले पनि गर्न सकेको छैन ।

समाचार अनुसार फ्रान्जले आफ्नो जिउको वजन भन्दा डेढ गुणा धेरै भार आफ्नो काँधले उठाइदिन सक्दछन् । उनले ६ सय ५० किलो तौल काँधले उठाएर विश्व कीर्तिमान कायम गरेका थिए । उनले ३० सेकेण्डसम्म आफ्नो काँधले हेलिकप्टर उठाएका थिए ।

हृेरौं उनले हेलिकप्टर उठाएको भिडियो

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...