हृदयाघात भएपछि ज्यान जोगाउन यस्तो अचम्मको काम गरे यी चिनियाले

Loading...

हृदयाघात भएपछि ज्यान जोगाउन यी चिनियाले अचम्मको काम गरेका छन,  भनिन्छ जब मानिस मृत्युको अगाडि खडा हुन्छ तब दिमागले काम गर्दैन । अचानक हृदयाघात हुनु अनि  हृदयाघातमा ज्यान जोगिनु, त्यो पनि आफ्नै बलबुताले त्यो निकै बिरलै हुन्छ ।

किनकी दिमागका सबै ढोका बन्द भैसकेका हुन्छन् त्यतिबेला । तर एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले यस्तो सोँच्ने मानिसहरुलाई सबक सिकाइदिएको छ । मृत्युको मुखमा पुग्दा पनि मानिसले आफ्नो जिवन रक्षार्थ कस्तो जुक्ति अपनाउँदो रहेछ भन्ने उदाहरण यो घटनाले पेश गरेको छ ।

समाचार अनुसार एकजना चिनिया व्यक्तिलाई अचानक हृदयाघात भयो । हृदयाघातमा ज्यान जोगिनु, त्यो पनि आफ्नै बलबुताले त्यो निकै बिरलै हुन्छ । तर भयो त्यस्तै । उनले अनौठो तरिकाले आफ्नो ज्यान बचाए ।

शिजियाजुआंग स्थित एक रेलवे स्टेशनमा रेल कुरिरहेको बेला अधवैशे उमेरका ती व्यक्तिलाई हृदयाघात भयो ।

उनी हृदयाघात भएर भुइँमा थचारिए । तर कसैको ध्यान उनीपटि्ट गएन । आफुले गुहार नपाएको ठानेपछि उनले एउटा जुक्ति लगाए । आफुसँग भएका पैसाका नोटहरु निकालेर फ्याँक्न सुरु गरे । यसरी नोट फ्याँक्न थालेपछि त्यहाँ रहेका अन्य मानिसहरुको ध्यान उनीतर्फ आकषिर्त भयो । उनले रगत बान्ता गरिरहेको मानिसहरुले देखे । त्यसपछि उनलाई उद्धार गरी अस्पताल लगियो ।

ती मानिसको थर ली हो । तर नाम चाहीँ खुलाइएको छैन । उनी आफ्नी बिरामी आमालाई भेट्न रेल चढेर क्विनहुआंगदाओ सहर जाँदै थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...