पूर्व मन्त्री जोशीको सुगम सोचको नतिजा, ‘आजदेखि ‘सिटामोल’ को व्यवसायीक उत्पादन शुरु’

Loading...

१४ फागुन २०७४ काठमाडौं । अन्ततः नेपाली उपभोक्ताले नेपाल औषधी लिमिटेडको उत्पादन ‘सिटामोल’ को प्रयोग पून गर्न पाउने भएका छन् ।

कम्पनीले सोमबारदेखि सिटामोलको व्यवसायीक उत्पादन शुरु गरेसँगै यो सम्भव भएको हो । कम्पनीले गत बुधबारदेखि परीक्षणका रुपमा सिटामोल उत्पादन गरेकोमा आजदेखि व्यवसायी रुपमा शुरु गरिएको कम्पनीका महाप्रवन्धक रोभसकुमुम सुवेदीले जानकारी दिए ।

सोमबारदेखि व्यवसायीक उत्पादन शुरु भएपनी आजैबाट बजारमा उपलब्ध भने नहुने उनले बताए । ‘कम्तिमा १० लाख ओटा सिटामोल उत्पादन गरेर बजारमा विक्रीका लागि लैजाने योजना छ’ उनले भने ‘ फागुनको अन्तिम साताबाट मात्र उपभोक्ताले किन्न पाउने छन् ।’

त्यस्तै कम्पनीको योजनाअनुसार सिटामोल उत्पादन गरेसँगै अन्यऔषधि उत्पादनको तयारी थाल्ने छ । जसअनुसार शुरुमा जुकाको औषधि ‘अल्बेन्डाजोल’ उत्पादन गर्ने छ । उनकाअनुसार कम्पनीले हरेक महिना १र१ नयाँ उत्पादन थप्दै जाने योजना बनाएको छ । जुकाको औषधि पछि आइरन चक्की उत्पादन गर्नेछ ।

कम्पनीले विगतमा १ सय २० प्रकारका औषधि उत्पादन गरेको थियो । त्यही संख्यामा पुर्याउने तथा आवश्यकताअनुसार थप नयाँ औषधि उत्पादन गर्ने कम्पनीको योजना छ । हाल औषधि लिमिटेडले जीवनजल उत्पादन गरिरहेको छ ।

नेपाल औषधी लिमिटेड २०६६ देखि बन्द थियो । बन्द अवस्थमा रहेको उद्योगलाई तत्कालिन उद्योग मन्त्री नवीन्द्रराज जोशीको विशेष पहलमा पूनः सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...