यस्ता छन पनिरका फाइदा, मासुको बिकल्पमा पनि प्रयोग बढ्दो

Loading...

१४ फाल्गुन ,एजेन्सी ।आज भोली हरेक भोज पार्टी तथा समारोहमा खानाको परीकारमा राखीने एउटा उपयुक्त खानामा पर्छ पनिर ।शाकाहारी प्रायःको रोजाईमा पर्ने खाना पनिरमा प्रोटिनको साथै क्याल्सियम र भिटामिन डी पनि पाइन्छ। पनिरले ब्रेस्ट क्यान्सरबाट बचाउँछ ।

शरीरको हाड र दाँतलाई बलियो बनाउन पनिरमा भएको भिटामिन ए, क्याल्सियम र जिंकले ठूलो टेवा पु¥याउछ। एक सय ग्राम पनिरमा ११ ग्राम प्रोटिन हुन्छ । त्यसैले शाकाहारीका लागि यो निकै उपयोगी हुन्छ ।

गर्भवती महिलाका लागि क्याल्सियम बढी जरुरी हुने हुदा पनिर निकै उपयोगी हुन्छ । पनिरले पाचन प्रक्रियालाई स्वस्थ राख्छ र प्रतिरक्षा प्रणालीलाई पनि बढाउँछ । पनिरमा म्याग्नेसियम हुन्छ, जसले रगतमा चिनीको मात्रालाई सन्तुलनमा राख्ने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...