‘संविधान र कानुनको व्याख्या निर्वाचन आयोगले गर्ने हैन’-बरिस्ठ अधिवक्ता शम्भु थापा

२१ पुष, २०७४ काठमाडौँ : संविधानको आफूखुुसी व्याख्या गरी निर्वाचन परिणाम रोक्न नहुने कानुनविदहरूले बताएका छन् । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता शम्भु थापाले नेतैपिच्छेका कानुनविद र निर्वाचन आयोगका आफ्नै व्याख्याले अहिलेको गतिरोध आएको दाबी गरे ।

‘संविधान र कानुनको व्याख्या निर्वाचन आयोगले गर्ने हो र ?’ संवैधानिक तथा न्यायिक पत्रकार समाजद्वारा बिहीबार आयोजित एक अन्तक्र्रियामा थापाले भने, ‘हामी वकिल पनि नेतालाई मिल्ने गरी व्याख्या गर्न थाल्यौं । यस्तो नगरौं । व्याख्या गर्नपरे सर्वोच्च अदालतले गर्छ ।

तर, निर्वाचन परिणाम सार्वजनिक गर्न कुनै पनि धाराले रोक्दैन ।’ उनले जनताले सार्वभौमसत्ताको उपयोग गरीलिएको निर्णयलाई रोकेर राख्न कसैले नमिल्ने बताए ।

पूर्वमहान्यायाधीवक्ता हरि फुयालले निर्वाचन आयोगले जतिसक्दो चाँडो मतपरिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसामु बुझाउनुपर्ने धारणा राखे । ‘प्रतिनिधिसभाको मत परिणामपछि सरकार बनाउने बाटोलाई संविधानले रोक्दैन । राष्ट्रिय सभा बेग्लै पाटो हो,’ उनको धारणा थियो ।

कार्यक्रममा सर्वोच्च बारका अध्यक्ष वरिष्ठ अधिवक्ता शैलेन्द्र दाहालले निर्वाचन सम्पन्न भइसकेपछि सरकारको सहज हस्तान्तरणतर्फ लाग्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




Loading...