सभापति देउवाले झपारेपछि गगन थापा ‘यु टर्न’

Loading...

१७ पुस, २०७४ काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले युवा नेता गगन थापासँग पछिल्ला अभिव्यक्तिबारे यस्तो बोल्दै किन हिडेको भनेर प्रस्न गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले पार्टी नेतृत्व नै परिवर्तन गर्नुपर्छ भन्ने थापाको भनाई उद्घृत गर्दै यस्तो बोल्दै किन हिडेको भनेर प्रस्न गरेपछि थापाले त्यसो नभनेको बताएका छन् ।

पार्टीको नीति र विधि विपरित गएर मलाई हटाउने आधार के छ भनेर देउवाले थापालाई सचेत गराएका थिए । थापाले भने आफूले नेतृत्व परिवर्तन गर्ने कुरा नगरेको तर केन्द्रिय समिति र महासमिति बैठक बसेर चुनावमा पराजित हुनुको कारण खोज्नुपर्ने धारणा राखेको बताएका थिए ।

थापाले आफू अहिलेको नेतृत्व परिवर्तनको पक्षमा नभै कांग्रेसलाई बलियो बनाएर लैजाने पक्षमा रहेको देउवा सामुृ स्पष्ट पारेको स्रोतले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस

प्रतिक्रियाहरु




One thought on “सभापति देउवाले झपारेपछि गगन थापा ‘यु टर्न’

    Comments are closed.

    Loading...